Aadarsh-Daily

आज २ बजे शपथ कार्यक्रम : मातृभाषामा शपथ लिने सांसद ६३

ad-4p

काठमाडौं । नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने प्रतिनिधिसभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार यी सांसदहरूले इमेल तथा भौतिक रूपमा उपस्थित भई मातृभाषामै शपथ लिने जानकारी गराएका हुन् ।

content ad p2

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुने तय भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

content left

संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको छ ।

नेपालमा मातृभाषामा शपथ लिने अभ्यास २०६३ सालदेखि सुरु भएको हो । अन्तरिम संसदमा ५८ जनाले विभिन्न भाषामा शपथ लिएका थिए भने २०६४ को संविधानसभामा यो संख्या बढेर २६४ पुगेको थियो । त्यसयता २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिएका थिए ।

यसपटक मैथिली, भोजपुरी, तामाङ, नेवारी, गुरुङ, मगर, थारू, उर्दू, लिम्बु  लगायत विभिन्न भाषामा शपथ लिने तयारीले नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily