
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार १२ः३२ बजे निर्धारित शुभसाइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहबीच शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शाहले शपथका लागि यसअघि नै शुभसाइत राष्ट्रपति कार्यालयमा पठाएका थिए।
प्रधानमन्त्री शाहले शपथ लिएलगत्तै नवगठित मन्त्रिपरिषद्का मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।



