

काठमाडौं । नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न आज बिहान पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ । महासचिव शंकर पोखरेल ले बोलाएको बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग समेत छलफल हुने बताइएको छ ।
एमालेले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै विरोधका कार्यक्रम तय गर्ने तयारी गरेको छ । सचिव महेश बस्नेत का अनुसार सचिवालय बैठकपछि विरोधका कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरिनेछ ।

