Aadarsh-Daily

पर्साका सबै सरकारी कार्यालयमा बिचौलिया प्रवेश निषेध, प्रशासनको कडा निर्देशन

ad-4p

वीरगञ्ज  ।  पर्सा जिल्लामा रहेका सबै सरकारी कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ।

content ad p2

आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभरिका सरकारी निकायहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न आग्रहसहित निर्देशन दिएको हो। कार्यालयले सेवाप्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाउन यस्तो कदम चालिएको जनाएको छ।

content left

जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरू हाल नियमित र सहज रूपमा सञ्चालन भइरहेका छन्। उनले कार्यालय परिसरभित्र मात्र नभई आसपासका क्षेत्रमा समेत बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिएकी छन्।

उनले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा बिचौलियाले गैरकानुनी रूपमा रकम असुल्ने कार्य रोक्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

विज्ञप्तिमा भनिएको छ, “यस कार्यालय तथा जिल्लास्थित कुनै पनि सरकारी कार्यालय वरिपरि सेवाग्राहीसँग सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily