Aadarsh-Daily

अदालतको कडा कदम: देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

ad-4p

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा जिल्ला अदालत काठमाडौं ले पक्राउ पुर्जी जारी गरेको छ।

content ad p2

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनीहरूको सम्पत्तिको स्रोत र वैधतामाथि विस्तृत अनुसन्धान गरिरहेको सिलसिलामा अदालतबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ। लामो समयदेखि चर्चामा रहेको यो मुद्दामा अदालतको पछिल्लो कदमले देशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

content left

हाल देउवा दम्पती नेपाल बाहिर रहेका कारण तत्काल नियन्त्रणमा लिन प्रहरीलाई प्राविधिक कठिनाइ देखिएको छ। तर, उनीहरू स्वदेश फर्किएलगत्तै कानुनी प्रक्रिया अघि बढाइने सुरक्षा निकायले जनाएको छ।

भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणविरुद्ध सरकारी सक्रियता बढ्दै जाँदा प्रमुख राजनीतिक दलको शीर्ष नेतृत्व नै अनुसन्धानको दायरामा परेपछि सत्ता समीकरण र राजनीतिक स्थिरतामा असर पर्ने आकलन गरिएको छ।

पक्राउ पुर्जी सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई विधिको शासन सुदृढ गर्ने कदमका रूपमा स्वागत गरेका छन् भने केहीले राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने ठोस प्रमाण र अनुसन्धानका आधारमा अदालतबाट अनुमति लिइएको दाबी गरेको छ। देउवा दम्पतीको अनुपस्थितिमा अघि बढेको यस प्रक्रियाले आगामी दिनमा उनीहरूको राजनीतिक भविष्य र पार्टीभित्रको शक्ति सन्तुलनमा के असर पार्नेछ भन्ने चासो बढेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily