Aadarsh-Daily

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री साह बर्खास्त

ad-4p

वीरगञ्ज । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्। रवि लामिछाने को लिखित सिफारिसका आधारमा आज मन्त्री साहलाई पदबाट हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनी नियुक्त भएको केवल १४ दिनमै पदमुक्त भएका हुन्।

content ad p2

रास्वपा सभापति लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले विस्तृत अध्ययनपछि मन्त्री साहविरुद्ध कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेश गरेको थियो। सोही आधारमा सभापति लामिछानेले औपचारिक रूपमा प्रधानमन्त्रीसमक्ष सिफारिस पठाएका थिए।

content left

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार उक्त सिफारिस र प्रमाणका आधारमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई तत्काल प्रभावबाट पदमुक्त गरेका हुन्।

रास्वपाले पार्टी विधानको धारा २५(४)(क) र धारा ६९ अनुसार पदको दुरुपयोग भएको ठहर गर्दै जिम्मेवारी फिर्ता बोलाउने व्यवस्था अनुसार यो निर्णय गरिएको जनाएको छ।

यसैबीच, यस विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेका थिए। प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई औपचारिक रूपमा सचेत गराइसकेको बताइएको छ।

मन्त्री साहको बर्खास्तीसँगै सरकारभित्र पदीय मर्यादा र शुद्धिकरणको विषय अहिले प्रमुख राजनीतिक चर्चाको केन्द्र बनेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily