Aadarsh-Daily

सर्वोच्चको आदेशले छुटाए केपी शर्मा ओली र रमेश लेखक , तर कानुनी लडाइँ जारी

ad-4p

काठमाडौं । केपी शर्मा ओलीरमेश लेखक १३ दिनपछि बिहीबार हिरासत मुक्त भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार उनीहरूलाई हाजिरी जमानीमा आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो।

content ad p2

केपी शर्मा ओली उपचाररत त्रिवि शिक्षण अस्पताल बाटै परिवारको जिम्मा लगाइए भने रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरी गणबाट रिहा गरिएको थियो।

content left

प्रहरीका अनुसार सर्वोच्च अदालत को आदेशअनुसार तोकिएको समयभित्र अनुसन्धान पूरा हुन नसकेपछि उनीहरूलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइएको हो। अदालतले २६ गतेभित्र अनुसन्धान सक्न नसके हिरासतमुक्त गर्न आदेश दिएको थियो।

प्रहरीले भने उनीहरूविरुद्धको अनुसन्धान अझै जारी रहेको जनाएको छ। घटनासम्बन्धी प्रमाण संकलन, साक्षी बयान, चिकित्सकको कागज तथा अन्य तथ्यहरू जुटाउने काम बाँकी नै रहेको बताइएको छ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्डसँग जोडिएको ज्यानसम्बन्धी कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो। उक्त घटनामा ७६ जनाको ज्यान गएको थियो। छानबिनका लागि गठन गरिएको आयोगले दुवै नेतामाथि लापरबाहीका आधारमा कारबाही सिफारिस गरेको थियो।

हाल उनीहरू हिरासत मुक्त भए पनि बोलाएको बेला उपस्थित हुने सर्तमा अनुसन्धान प्रक्रिया भने निरन्तर चलिरहने प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily