Aadarsh-Daily

प्रधानमन्त्री बालेनले दुई मन्त्री थपे : उद्योगमा गौरीकुमारी, श्रममा रामजी नियुक्त

ad-4p

काठमाडौं । बालेन्द्र शाह ले मन्त्रिपरिषद विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन्। शुक्रबार गरिएको विस्तारअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्।

content ad p2

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद रहेका छन्। रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि हुन्।

content left

यससँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषदको संख्या १६ सदस्यीय पुगेको छ। सरकारले सन्तुलित प्रतिनिधित्व र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद विस्तार गरिएको जनाएको छ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

सरकार विस्तारसँगै अब सम्बन्धित मन्त्रालयहरूमा नीति निर्माण, सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनमा थप गति आउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily