Aadarsh-Daily

प्रधानमन्त्री बालेनको मौनतामै सकियो प्रतिनिधिसभाको पहिलो अधिवेशन

ad-4p

वीरगञ्ज । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रधानमन्त्री बालेन्द्र शाह को मौनताकै बीच औपचारिक रूपमा अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएपछि शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पत्र वाचन गर्दै अधिवेशन समाप्त भएको घोषणा गरेका हुन्।

content ad p2

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत १९ गते सुरु भएको अधिवेशन जम्मा ६ वटा बैठकपछि टुंगिएको हो। यस अवधिमा सभामुख र उपसभामुख चयन, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति तथा १५ सदस्यीय नियमावली मस्यौदा समिति गठनजस्ता प्रारम्भिक संसदीय संरचना निर्माणका कार्य सम्पन्न भएका छन्।

content left

तर अधिवेशनको सबैभन्दा चर्चित पक्ष भने प्रधानमन्त्री शाहको मौनता बनेको छ। परम्पराअनुसार नयाँ संसदको पहिलो बैठकमै प्रधानमन्त्रीले सरकारको नीति, प्राथमिकता र दृष्टिकोण प्रस्तुत गर्ने अभ्यास रहे पनि यसपटक उक्त परम्परा तोडिएको हो।

करिब दुईतिहाइ (१८२ सिट) बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शाहले अधिवेशनभरि संसदमा कुनै सम्बोधन गरेनन्। ९ दिनको अवधिमा बसेका ६ वटा बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय उठाउँदै जवाफ मागे पनि औपचारिक प्रतिक्रिया नआएको जनाइएको छ।

यसबीच सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १०० दिनभित्र लागू गर्ने शासकीय सुधारका कार्यक्रम सार्वजनिक गरिसकेको छ। तर ती कार्यक्रम संसदमार्फत प्रस्तुत नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ।

यता, प्रधानमन्त्री शाह हालै दाँत दुख्ने समस्याका कारण प्रहरी अस्पतालमा उपचार गराएर फर्किएका थिए। स्वास्थ्य अवस्थाका कारण उनी संसदमा नबोलेको हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily