Aadarsh-Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

ad-4p
content left

वीरगञ्ज, १ वैशाख । पर्साको पोखरिया नगरपालिका–७ स्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

करिब ७ करोड २५ लाख रुपैयाँको लागतमा तीन तल्ले भवन निर्माण हुन लागेको हो । मंगलबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको भवनका लागि ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारले तथा ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले व्यहोर्नेछ ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily