Aadarsh-Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

ad-4p
content left

वीरगञ्ज । आजदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ । वैशाख १ गते वर्षको पहिलो दिनका रूपमा देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहिआएको छ । विक्रम संवत् सबैभन्दा पुरानो संवत् मानिन्छ र यही संवत्को आज पहिलो दिन हो । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिनलाई वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिका रूपमा पनि मनाइन्छ ।

सूर्यको गतिसँग सम्बन्धित भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत मानिने विद्वानहरूको भनाइ छ । यस दिन पुरानो वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि योजना बनाउने र सङ्कल्प गर्ने चलन पनि रहेको छ ।

नयाँ वर्षको अवसरमा बिहानै नुहाउने, घर–आँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मीठा परिकार खाने तथा आफन्त र इष्टमित्रसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा छ ।

विश्वभर रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन् । भक्तपुरमा बिस्का जात्रा आयोजना गरिन्छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासका कारण यस दिनको छुट्टै महत्व रहेको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै देशवासीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि कामना गरेका छन् ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily