
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ।
इन्धन तथा कच्चा पदार्थको मूल्य वृद्धि र ढुवानी खर्च बढेपछि पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापलगायत कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ।
उद्योग सञ्चालन सहज बनाउन तथा कच्चा पदार्थ आपूर्ति र ढुवानी व्यवस्थापनमा सहयोग गर्न महासंघले सरकारसँग आवश्यक पहल गर्न माग गरेको छ।


