Aadarsh-Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

ad-4p

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् ।

content ad p2

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित सोमबार काठमाडौं आउन लागेका हुन् ।

काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै सरकारका केही मन्त्रीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

content left

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि उक्त जिम्मेवारी डोनाल्ड लु ले सम्हाल्दै आएका थिए ।

वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका कूटनीतिज्ञ तथा परराष्ट्र मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोस्ट ले कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने जनाएको छ । समाचारअनुसार उनी टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार फर्किने छन् ।

यद्यपि, भ्रमणबारे औपचारिक घोषणा भने भइसकेको छैन । परराष्ट्र मन्त्रालयले पनि यस विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

यदि उनी सोमबार काठमाडौं आइपुगे, भने बालेन नेतृत्वको सरकार बनेपछि आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञका रूपमा उनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily