Aadarsh-Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

ad-4p

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजेदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने जनाएको छ।

content ad p2

महाशाखाले बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा हावाहुरीको समय संशोधन गर्दै अपराह्न ४ बजेदेखि सुरु भई भोलि बिहान ६:४५ बजेसम्म जारी रहने उल्लेख गरेको छ। यसअघि हावाहुरी साँझ ५:४५ बजेदेखि सुरु हुने बताइएको थियो।

विभागका अनुसार मधेश प्रदेशका बारा, पर्सा र धनुषा, सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटीमा हावाहुरीको बढी प्रभाव पर्ने सम्भावना छ।

content left

त्यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरू पनि प्रभावित हुन सक्ने जनाइएको छ।

हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने भएकाले देशका धेरै स्थानमा असर पर्ने विभागले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

गृहभूमिमै सांसद कानुको सम्मान, सेवामा सधैं तत्पर रहने प्रतिबद्धता

Aadarsh Daily