Aadarsh-Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

ad-4p
content left

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ।

सरकारले संसद छल्दै अध्यादेश सिफारिस गरेको विषयमा उठेको विवादपछि सभापति लामिछानेले आफ्ना सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।

सरकारले मंगलबार दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त कदमप्रति विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षबाट चर्को आलोचना भइरहेको छ।

बैठकमा अध्यादेशप्रति पार्टीको आधिकारिक धारणा, आगामी रणनीति तथा संसदमा लिने अडानबारे छलफल हुने जनाइएको छ।

`0

content ad p2

सम्बन्धित खबर

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

गृहभूमिमै सांसद कानुको सम्मान, सेवामा सधैं तत्पर रहने प्रतिबद्धता

Aadarsh Daily