
देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेर निरन्तर बढिरहेको छ । जलसतह आज बिहान ११ बजेतिर करिब १३ मिटर पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

नारायणीसँगै तिनाउ, मर्स्याङ्दी र विभिन्न जिल्लाका साना नदीमा समेत बहाव बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीका नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी तथा खोलाको किनारबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र सरकारी निकायबाट जारी सूचनाको पालना गर्न अनुरोध गरिएको छ ।

