
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जबराको सुरक्षामा गम्भीर जोखिम रहेको सूचना आएपछि उनलाई महाराजगञ्जस्थित निवासबाट सुरक्षाका लागि टेकु ल्याइएको हो । उनी हाल प्रहरीकै सुरक्षामा रहेको जनाइएको छ ।
जबराको सुरक्षा अवस्था सामान्य भएपछि घर पठाउने वा अन्य सुरक्षित स्थानमा राख्नेबारे निर्णय हुने प्रहरीले जनाएको छ । उनीविरुद्ध मुद्दा चलाउने योजना नरहेको पनि प्रहरीले स्पष्ट पारेको छ ।

