Aadarsh-Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

ad-4p

मधेश प्रदेशसभाको बैठक साढे दुई महिनादेखि सञ्चालन हुन नसके पनि प्रदेशसभा सदस्यहरूको तलबभत्ता भने नियमित रूपमा भुक्तानी भइरहेको छ। प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा सांसदहरूको तलबभत्तामा मात्रै करिब १ करोड ४० लाख रुपैयाँ खर्च भएको छ।

content ad p2

प्रदेशसभाको बैठक लामो समयदेखि नबसेको विषयमा सभामुख रामअशिष यादवले मुख्यमन्त्री कृष्णप्रसाद यादवको ध्यानाकर्षण गराउँदै आएका छन्। बैठक आह्वानका लागि पटक–पटक आग्रह गरे पनि मन्त्रिपरिषद्बाट औपचारिक निर्णय नआएको सभामुख यादवले बताएका छन्।

content left

उनका अनुसार सदन लामो समयसम्म सञ्चालन नहुँदा प्रदेशका विधायिकी काम प्रभावित भएका छन्। जनप्रतिनिधिले जनताका समस्या तथा सार्वजनिक सरोकारका विषय प्रदेशसभामा उठाउने नियमित अवसरसमेत पाउन सकेका छैनन्।

बैठक सञ्चालन नभए पनि प्रदेशसभा सदस्यको तलबभत्ता लगायतका सुविधामा राज्यकोषबाट रकम खर्च भइरहेको छ। यही अवस्थाका कारण प्रदेशसभा सञ्चालनमा ढिलाइ र सार्वजनिक खर्चको विषयमा समेत प्रश्न उठ्न थालेको छ।

सभामुख यादवले प्रदेशसभा बैठक सञ्चालन गरी आवश्यक कानुन निर्माण, सरकारका कामकारबाहीमाथि छलफल तथा जनताका विषय सदनमा उठाउने वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने बताएका छन्।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

ठगी तथा संगठित अपराधका फरार दुई जना पक्राउ

Aadarsh Daily