Aadarsh-Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

ad-4p

बाराको पचरौता नगरपालिका–५ स्थित रौनियार गल्ला तथा खाद्यान्न भण्डारबाट केराउ नियन्त्रणमा लिएको घटनामा सञ्चालक र सशस्त्र प्रहरीको विवरण फरक देखिएको छ।

content ad p2
content left

भण्डार सञ्चालक सचितानन्द साहले आफूले वैध बिल तथा आवश्यक कागजात प्रस्तुत गर्दासमेत २२५ बोरा केराउ नियन्त्रणमा लिइएको दाबी गरेका छन्। तर, बाराका सशस्त्र प्रहरीका डीएसपीले १६३ बोरा मात्रै नियन्त्रणमा लिइएको बताएका छन्।

परिमाणमै फरक विवरण आएपछि नियन्त्रणमा लिइएको केराउको वास्तविक परिमाण, कागजातको अवस्था र अपनाइएको कानुनी प्रक्रियाबारे प्रश्न उठेको छ। साहले कागजात हुँदाहुँदै सामान नियन्त्रणमा लिनुको आधार स्पष्ट गर्न माग गरेका छन्।

घटनाबारे बरामदी मुचुल्का, बिल तथा अन्य कागजातको परीक्षण र भन्सारसम्बन्धी प्रक्रिया कसरी अघि बढाइएको हो भन्ने विषयमा सम्बन्धित निकायबाट थप स्पष्टता आवश्यक देखिएको छ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily

ठगी तथा संगठित अपराधका फरार दुई जना पक्राउ

Aadarsh Daily