Aadarsh-Daily

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पुजा आराधना गरिदै

ad-4p

बडादसैँको दोस्रो दिन आज सोमबार नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजापाठका लागि भक्तजनको चहलपहल बढेको छ।

content ad p2

धार्मिक परम्पराअनुसार घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी विधिपूर्वक पूजा गरिन्छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्नुका साथै देवी शैलपुत्रीको आराधना गरिएको थियो।

content left

धार्मिक ग्रन्थमा ब्रह्मचारिणी देवीलाई ब्रह्मज्ञान प्राप्तिको मार्गमा निरन्तर साधनारत देवीका रूपमा वर्णन गरिएको छ। उनको पूजा आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। नौ दिनको पूजापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाएर दसैँ मनाइन्छ।

यसै अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा पनि ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily