Aadarsh-Daily

आज स्कन्दमाता देवीको पूजा, नवरात्रमा शक्तिपीठमा धार्मिक अनुष्ठान जारी

ad-4p

बडादसैँको नवरात्रअन्तर्गत आज पाँचौँ दिन नवदुर्गाको पाँचौँ स्वरूप स्कन्दमाता देवीको पूजा–आराधना गरिँदै छ। आश्विन शुक्ल पञ्चमीका दिन दसैँघर तथा घरका पूजा कोठामा विधिपूर्वक स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।

content ad p2

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरी देवीको आराधना गर्ने चलन छ। धार्मिक विश्वासअनुसार देवीको उपासनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

content left

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीका नौ स्वरूपको क्रमशः पूजा गर्छन्। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ।

त्यसैगरी, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको आराधना गरिन्छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।

नवरात्रका नौ दिन देवीको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा छ। धार्मिक विधि र सांस्कृतिक मान्यतासँग जोडिएको बडादसैँ नेपाली समाजमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily