Aadarsh-Daily

अनैतिक कृयाकलाप गरेको फेला परे पछि भिनाजुले गरे सालोको हत्या

ad-4p
content left

पर्साको बहुदरमाई नगरपालिका वडा नंबर २ सिसियाडी बैरियाटोलका ४० वर्षिय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनको भिनाजु सहित पाच जना पक्राउ परेका छन् । राजेशको शव घाटीमा गम्छाले कसेर हत्या गरिएको अवस्थामा गत शनिबार जगरनाथपुर गाउपालिका.वडा नम्बर .६ स्थित नारा खोलाको खोल्सा भित्र फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा संलग्न रहेको आरोेपमा पक्राउ पर्नेहरुमा मृतक राजेशका भिनाजु जगरनाथपिुर ६ का ४५ वर्षिय हिरामन महरा, हिरामनका भाइ ३६ वर्षिय रामबालक महरा, ४० वर्षिया बसन्ती देवी, ३५ वर्षिया सुनिता देवी र २२ वर्षिया रिंकु देवी रहेका छन् ।
प्रहरीका अनुसार , राजेश जेठ २४ गते जगरनाथपुर ६ स्थित दिदी भिनाजुको घरमा आएर बसेका थिए । दिदी भिनाजुको घरमा बसेका बेला राजेश भिनाजुकै परिवारका महिलासंग अनैतिक कृयाकलापमा लागेको भेटिएपछि गत शनिबार भिनाजु हिरामन , उनका भाइ रामबालक सहित ५ जनाले मिलेर राजेशको घाटी कसेर हत्या गरि शव खोल्सामा लगेर फालेको बयानका क्रममा खुलेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
पक्राउ परेका पाचै जना विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मुद्धामा पर्सा जिल्ला अदालतबाट ७ दिनको ७ म्याद लिई थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily