Aadarsh-Daily

दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको जागीर गयो।

ad-4p
content left

वीरगन्ज महानगरपालिका कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुको जागीर गएको छ।

content ad p2

सोमबार महानगरपालिकाले एक सुचना निकालेर दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई असार १ गतेदेखि काममा नआउन निर्देशन दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको नगरपालिकाको कार्यालय, महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ बैशाख देखि नियुक्त भइ दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मका लागि  आगामी असार १ गतेदेखि जागिरबाट हटाइएकाले काममा नआउन निर्देशन दिइएको उल्लेख छ।महानगरपालिकाको सोमबारको यो सुचनाले महानगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीको जागीर गएको हो

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily