Aadarsh-Daily

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

 

 

ad-4p

वीरगञ्ज, ५ असार । जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् ।

content ad p2
content left

आईतबर बिहान धन्कौल गाउँपालिका वडा नम्बर ५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही स्थानका ७० बर्षका महेन्द्र राय गम्भीर  घाईते भएका छन् । उनकाे शरिरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाईते हुनेहरूमा बृन्दावन नगरपालिका वडा नम्बर ४ का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना  एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार  दुर्घटनामा परेको  हुन सक्ने अनुमान गरिएकाे छ । कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगतै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।
मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भईरहेको जिल्ला पहरी कार्यलयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जनाकारी दिए ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily