

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले मन्त्री पदबाट आफूले राजिनामा दिएको जानकारी गराएकी छन् ।
राजिनामा पश्चात मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा भावुक बनेकी थिइन ।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम पठाएको छ ।
त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।
कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँसुले टिलपिल भएको थियो ।

