
कृष्णा यादव

बिरगंज महा नगरपालिका वार्ड नं.१४ चिनीमेल मा रगेको श्री सिद्धार्थ माध्यमिक बिधालय को बृद्धि बिकास को लागी बिरगंजका ४ जना प्रतिष्टित उधोगीहरू १करोड २५लाख को अनुदान दिइएका छन !
आज आईतबारका दिन एक कार्यक्रम का बिच अन्नपुर्णा भेजिटेबल प्रोडशन बारा ले ५० लाख ,शिवशक्ती उधोग बाराले ४५लाख र माहा लछमी सोल्टमेन्ट ईन्डस्ट्रिज बाट २५ लाख यसैगरि त्रिवेणी दाल एण्ड ओएल ईन्डस्ट्रिज बारा बाट ५ लाख गरि जम्मा गरि १ करोड २५ लाख को चेक बिधालय का प्रधयानाध्यापक श्री अनिल कुमार बर्णवाल लाई हास्तान्त्रर गरेका छन !
उधोगपति एवम उक्त बिधालय ब्यस्थापन समिती को अध्यछ श्री बिरेन्द्र संघाई को बिशेष पहलमा प्राप्त भएको चेक उहाले नै बिधालय का प्र.अ श्री अनिल कुमार बर्णवाल लाई हास्तान्तर गर्नु भएको छ!
बिधालय को बृद्धि बिकास को लागी उधोगीहरूले देखाएको चासो र उपलब्ध गराएको रकम सराहनिय कार्य रहेको भन्दै बिधालयका प्र.अ अनिल कुमार बर्णवाल ज्यू धन्यबाद ञापन गर्नु भएको युवा संचारकर्मी कृष्णा यादव ले जनकारी गराए !
उक्त कार्यक्रममा बिधालय ब्यवस्थापन समिति को बरिष्ट सदस्य श्री शिवशंकर पटेल ,सदस्यहरू मधु राना , रफिक अंसारी ,क्रान्ती देवी , देवलाल कुर्मी लागायत को उपस्थिति रहेको थियो !

