Aadarsh-Daily

किसानका ७ बुँदे माग राख्दै जसपा पर्साद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

ad-4p

वीरगञ्ज, १२ साउन ।  किसानहरुको समस्यामा गम्भिर हुन जनता समाजवादी पार्टी (जसपा) पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

content ad p2
content left

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी  (प्रजिअ) उमेश कुमार ढकालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेको छ ।

७ बुँदे मागसहित बुझाइएको ज्ञापन पत्रमार्फत सर्वप्रथम मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ ।
किसानहरुको सुविधाको लागि कृषि विद्युतिकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महशुल निःशूल्क गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले जसपाले उठाएका किसानका माग जायज भएको बताउँदै आफुले मागको सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
ज्ञापन पत्र बुझाउन जसपा मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साह, महाराज यादव, जिल्ला सदस्य प्रदिप जयसवाल, युवा नेताहरु मुकेश द्विवेदी, गोपि यादव, विद्यार्थी नेता शशी पाण्डे लगायतको उपस्थिती रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily