Aadarsh-Daily

बहूदरमाई नगरपालिकाका मेयरले ८ कोठे भवनको गरे सिलन्यास

ad-4p
content left

बहूदरमाई नगर पालिका वडा नंं.४मा रहेको श्री नेपाल राष्टिर्य विद्यालय बहूअरी पिडरीमा ८ कोठे भवनको सिलन्यास भएको छ । भूइतल्लाम चार कोठा र पहिलो तल्लामा चार कोठे गरी जम्मा आठ कोठाको भवन निमार्ण हून लागेको हो । कक्षा कोठाको अभावमा एउटै कक्षा कोठामा बढी विद्यार्थीहरुले राखेर अध्यापन गराउन गाह्रो भएकोले थप कक्षा कोठा बनाउनू पर्ने भएको हो । आउने दिनमा पनि विद्यार्थीहरुको जनसंख्या र विद्यालयको आवश्कता अनूसार थप शैक्षिक सामग्री तथा भवन निमार्ण गर्ने मेयरले प्रतिबद्धता जाहेर गर्नू भयो । कक्षा शिक्षालाई बढी प्राथमिकता दिने योजना रहेको मेयर सिहासन साह तेलीले जानकारी गराउनू भएको छ । विगत केहि दिन देखि विद्यार्थीको जनसंख्याको आधारमा कक्षा कोठा साह्रै साघूरो भएको कूरा विद्यार्थीहरुको गूनासो आइरहेको थियो । नगरपालिकामा शिक्षामा सूधार गर्नको लागि सबै वडा अध्यक्षलाई पनि आग्रह गरेका छन् । विद्यार्थीहरुको उज्लव भविष्य यहि शिक्षाले नै तय गर्ने जिकिर गर्नू भएको छ ।

content ad p2

भवनका सिलन्यास कार्यक्रममा वडा नं.४का वडा अध्यक्ष सूरेन्द्र प्रसाद यादव, कार्यपालिका सदस्य रामरेखा सिंह राजपूत, बूद्धिजिवि राजेन्द्र प्रसाद, प्रदेश सदस्य विपिन यादव, यूवा समाज सेवी चन्दन यादव, सूनिल यादव, जयनारायण साह, मूकेश साह, इन्जिनियर विनेस कूमार यादव, इश्वर देव यावद, सब(इन्जिनियर मोहम्मद आरिफ, सूचना प्रविधि अधिकृत भाष्कर पाण्डेय तथा विद्यालय प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily