Aadarsh-Daily

एमाले पर्साको सचिबालय बैठक सम्पन्न ,सबै शक्ति चुनावमा, आर्थिक छानबिन गर्न समिति

ad-4p
content left

बीरगंज २९ साउन,

content ad p2

नेपका एमाले पर्साको सचिबालय बैठक आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न भएको बैठकले अब पार्टीको सबै शक्ति निर्बाचन केन्द्रति हुने र पर्सामा निर्बाचनको परिणाम आफ्नो हातमा पार्नको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । आज बसेको बैठकले ४ वटै निर्बाचन क्षेत्र र पर्सामा रहको ८ अटै प्रदेश क्षेत्रमा निर्बाचन परिचालन समन्वय समिती निर्माण गरेको छ । उक्त समितीले पार्टीको गतिबिधिलाई तिब्रता दिने निर्णय गरेको छ भने भदौ मसान्तभित्र पार्टीको प्रशिक्षण, चुनावी समिक्षा, गर्ने निर्णय गर्दै जिल्लामा पार्टीको आर्थिक अवस्था, हालसम्म उठेको चन्दा, लेबी, पार्टी सदस्य शुल्क, जनप्रतिनिधीले दिएको लेबी र निर्बाचनमा आएका सहयोगको छानबिन गर्न सचिबालय सदस्य श्याम बन्जाराको संयोजकत्वमा छानबिन समिती समेत गठन गरेको छ जस्मा सचिबालय सदस्य लालबाबु शेष र प्रताप श्रेष्ठ रहनुभएको छ । बैठका केन्द्रीय सदस्य तथा पर्साका सह इन्चार्ज राजकुमार गुप्ताले पार्टीलाई निर्बाचन कन्द्रीत बनाउन सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सल्लाहाकारहरु कदम रसुल अन्सारी, ठाकुर न्यौपाने, शम्भु गुप्ता, बलिराम साह, बसुरुद्धिन अन्सारी, जालिम मियाँ, नवाराज शर्मा, बाबुराम कौशिक, उषमान अन्सारी, हिरालाल साह, बिना शर्मा, मेघराज पासवान, जोगेन्द्र साह, तेजप्रकाश निषाद, लगायतको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज गुप्ताले गरेका थिए ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily