Aadarsh-Daily

पान्डेपुर, पिडारीमा पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम समपन

ad-4p

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश र कमिटि गठनलाई निरन्तरता दिएको छ । सोमबार पनि जगरनाथपुर गाउँपालिकामा वडा नं.–१, पान्डेपुर, पिडारीमा पार्टी प्रवेश तथा वडा कमिटी गठन गरिएको छ ।

content ad p2
content left

कार्यक्रममा जसपा परित्याग वडा समितिका ५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य, विशिष्ट अतिथि केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सदस्य सलाउद्दीन अहमद लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय शाक्य र यादव, अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, सहरुम गद्दी, गोरा थारु, शिव प्रसाद लगायतले मन्तव्य राख्नु भएको थियो । यसैबीच सोमबार नै शिव प्रसाद महतोको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो ।

त्यस्तै पर्साको जगरनाथपुरमा स्थानीय सरकारले अझैपनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको पाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको लागि माग नगरेकोले अझैपनि लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेको उहाँले बताउनुभयो

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily