Aadarsh-Daily

किन परे विजय सरावगी दोधारमा ?

ad-4p

वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगीको नाम दुवैतर्फ सिफारिस हुनु शंकास्पद देखिएको छ । टिकट पाउने निश्चित नभएर दोधारमा परेका सरावगीले पर्साको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक गरी दुवैतर्फबाट आफ्नो नाम सिफारिस गराएका छन् ।

content ad p2

यसअघि क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सरावगीको चर्चा चलेपनि मंगलवार उनले नै सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सार्वजनिक गरेको पोस्टबाट यो कुरा बाहिर आएको हो । सोही पोस्टबाटै सरावगीको नाम प्रत्यक्ष मात्रै नभएर समानुपातिकमा पनि सिफारिस भएको खुलेको हो ।

content left

पर्साको क्षेत्र नम्बर २ मा नेकपा एमालेमा नेता नै छैनन् भन्दा फरक नपर्ला । किन भने क्षेत्र नम्बर २ बाट सिफारिस हुने सरावगी, प्रभु हजरा र निर्मला देवकोटा सबै क्षेत्र नम्बर १ का बासिन्दा हुन् । यति मात्रै नभएर क्षेत्र नम्बर १ बाट सिफारिस भएका बसरुदिन अन्सारीको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको एमाले स्रोतले जनाएको छ । बसरुदिन पनि क्षेत्र नम्बर १ कै बासिन्दा हुन् । क्षेत्र नम्बर २ मा नेकपा एमालेको संगठन, कार्यकर्ता एवम् मतदाता सबै भएपनि नेता नभएको एमालेकै नेताहरु स्विकार गर्छन् । सरावगीको नाम क्षेत्र नम्बर २ बाट निश्चित नभएपछि उनले समानुपातिकमा पनि नाम समावेश गराएको एमालेकै एक नेताले नाम नबताउने शर्तमा बताए । उनले भने, “कोही टिकट दिने जस्तो व्यक्ति एमालेमा प्रवेश गरेको अवस्थामा बसरुदिनलाई २ नम्बर र सरावगीलाई समानुपातिकबाट लिन सकिने गरी सिफारिस भएको हो ।”

तत्कालिन संघिय समाजवादी फोरमबाट महानगरको मेयरमा निर्वाचित भएका सरावगी एमालेबाट २०७९ सालको बितेको स्थानीय तहको निर्वाचनमा जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily