Aadarsh-Daily

पकहामैनपुरमा एमालेको गाउँपालिका स्तरीय भेलामा काँग्रेस छाडेर १५० जना प्रवेश

ad-4p

पर्साको पकहामैनपुर गाउँपालिकामा बिहीबार नेकपा एमालेको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।

content ad p2
content left

एमालेका गाउँपालिका कमिटी अध्यक्ष अकलेश साहको अध्यक्षता एंव केन्द्रिय सदस्य राजकुमार गुप्ताकाे प्रमुख आतिथ्यतमा सम्पन्न भेलाले विजय चौरसियाको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

त्यस अवसरमा नेपाली कांग्रेस परित्याग गरी १५० जना नेकपा एमालेमा प्रवेश गरेको चौरसियाले बताए । नव प्रबेशीहरुलाई केन्द्रिय सदस्य गुप्ताले अबिर लगाएर पार्टीमा स्वागत गरे ।

भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारु ,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज विकास पाण्डे , नेता शिव पटेल , दीनानाथ साह , धामु शर्मा लगायतको उपस्थिति पनि रहेको थियो।

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily