
तेश्रो बार्षिक उत्सवको अवसरमा वीरगञ्जको माँ अन्नपुर्णाद्वारा निशुल्क भोजन शिविर सम्पन्न गरिएको छ । बार्षिक उत्सव कार्यक्रममा करिब ३ सय जनाले निशुल्क भोजन ग्रहण गरि लाभान्वित भएका छन् ।

वीरगञ्ज वडा नम्बर ६ मा संचालित निशुल्क भोजन शिविर कार्यक्रम हरेन्द्र प्रसाद कुर्मीको अध्यक्षता एवं वीरगञ्ज महानगरका पुर्व मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथी सरावगिले दिन दुखी असहाय बिपन्न हरुलाइ निशुल्क खाना खुवाएर गरिएको मानवसेवा सर्बोत्तम सेवा हो र तपाइहरुले गरि आइरहनुभएको यो सेवा कार्यले हामी वीरगञ्जवासी निकै खुशी हुन्छौ भन्दै धन्यवाद दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव किशोर सिंह, वडा ६ का वडासदस्यहरु पवन शर्मा, राजु खडगी, सन्जय दास चौधरी लगायत संस्थाका पदाधिकारी सदस्य, समाजसेवीहरु एव स्थानियको सहभागिता रहेको थियो ।

