Aadarsh-Daily

आज राष्ट्रिय बाल दिवस, बहुदरमाई न.पा मा विभिन्न कार्यक्रम गरी मनाइँयो

ad-4p

वीरगञ्ज २९ भदौ । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।

content ad p2

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।

content left

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको समेत बताउनुभएको छ ।


५८ औं रास्ट्रीय बाल दिवसको अवसरमा बहुदरमाई नगरपालिका स्तरिय अन्तर विधालय हाजिरि जवाफ प्रतियोगितामा यस नगरपालिका अन्तर्गतका ५ वटा माध्यमिक विधालयका कक्षा १० मा अध्य्यनरत ३ जना छात्रा र २ जना छात्र गरि प्रत्येक विधालय बाट सहभागी गराइएको थियो । आसमान नेपालको सहयोगमा भएको उक्त कार्यक्रम वडा नं ३ को श्री महावीर साह माध्यमिक बिधालयमा आयोजना भएको र कार्यक्रमको सभापतिमा सोही विधालयका प्र.अ.श्री मनोज कुमार साह , प्रमुख अतिथीमा बहुदरमाइ न.पा.को नगर उप-प्रमुख श्रीमती सुष्मा कुमारी कुशवाहा, अतिथीमा पार्वती पौडेल, बिजय कुमार साह,भाष्कर कुमार पाण्डेय,चन्दन यादव लगायत सहभागी रहेको विधालयका प्र.अ. र शिक्षक समेतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने श्री ने.मा.वि.डकैला बहुअरी, द्विततिय श्री ने.रा सिताराम महतो तृतियमा श्री महाविर साह मा.बि.नगरदाहां हासिल गर्न सफल भएको जानकारी प्राप्त भयो !

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily