Aadarsh-Daily

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन प्रतिवन्ध

ad-4p

वीरगञ्ज १६ असोज । त्रिभुवन अन्तर्राष्ट्रियको ५ किलोमिटर क्षेेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो ।

content ad p2
content left

यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरेपनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily