Aadarsh-Daily

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

ad-4p

विरगन्ज , २० असोज : पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित लच्का नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते पनि भएका छन् ।

content ad p2
content left

बिहीबार दिउँसो ना ५ च ५९० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २४ वर्षीय पवन मेस्तरको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भिर घाइते भएका मेस्तरलाई उपचारका लागि चन्द्रनिगाहपुर स्थित अस्पतालमा लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु जैसवारले जानकारी दिए ।

दुर्गा पूजाको समापनपछि वाग्मती नदीमा मूर्ति सेलाउन हिँडेकाहरु सवार रहेको जिप दुर्घटनामा परेको हो । जिपको टायर पन्चर भई अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

दुर्घटनामा जिपमा सवार वीरगन्ज ५ कै नरेश मण्डल , राजेश कुमार चौरसिया, रोशन गुप्ता, बादल महतो, राहुल महतो, अंशु श्रीवास्तव घाइते भएका छन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक वीरगन्जका निपुकुमार गुप्ता भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily