Aadarsh-Daily

तीन पुस्ते उम्मेदवार कहिले सम्म?

ad-4p
content left

बाजेले मतदान गरे,बुवाले मतदान गरे र अब छोराले मंगसिर ४ गते मतदान गर्ने छ! त्यही नेतालाइ जसले हाम्रो तीन पुस्ता सम्म शासन गर्ने त्यारिमा छन।
बिडम्बना हाम्रा क्षेत्र मा न कुनै सुबिधा सम्पन्न अस्पताल नै छ , न कुनै प्राबिधि क्लेज नै छ? बाटो मा खासै परिवर्तन छैन? रोजगारी को लागि कुनै योजना छैन? त्यही पुरानै झुठा आशवासन लिएर समुदायमा मत मागन हिड्ने गरेका छन र हामी जनता मासु भात खान को लागि भ्रष्टाचारि संगै दिन रात घुमिरहेका छौ! आखिर यस्तो कहिले सम्म? देश संघीय लोकतान्त्रिक गणन्त्रात्मक भई अधिकाँस नेता, कर्मचारीको जीवन शैलीमा प्रगति भयो ! समय परिवर्तन भयो! शासन परिवर्तन भयो , बिकासको मोडेल परिवर्तन भयो तर हाम्रो नेता परिवर्तन भएन?हार्दा पनि उहीँ र जित्दा पनि उहीँ नै हाम्रो नेता ! मतदाता परिवर्तन भए ,पुस्ता परिवर्तन भए तर न बिकासमा परिवर्तन भयो न नेताको कार्यशैली मा नै परिवर्तन भयो? गरिब को लागी लड्ने नेता धनि भए तर जनता गरिब को गरिबै छन , आखिर किन ? यहाँ काम गर्ने असर छैन ? कसैले काम गर्न पाएको छ भने 8 घन्टा काम गर्छ र बाकी 16 घन्टा गफ र सुतेर समय जवानी खेर फाल्छन! अधिकान्स जनता बिदेश मै श्रम गरि रहेका छन!कोइ भोकै भोक ले काम खोज्दै छन त कोइ काम नपाइ आत्म हत्या गरि रहेका छन ! आखिर यस्तो कहिले सम्म नेता ज्युहरु? तपाईं गरिब को लागी राजनीति मा आएको होइन र? हो भने तपाईं ठुलो धनी हुनु भयो कसरी ? गरिब को लागि लड्ने आफू अमिर हुनु भयो र ती गरिब गरिबै छन आखिर् किन ? दोस तपाईंको होइन दोस हामी जनताकै हो जो बारम्बार तपाईंको नेतृत्व लाई स्वीकार गरेर झुठा आसवासनमा फसेर मतदान गरे! तपाई लाई सर्बो परी ठानेर काधमा काध मिलाइ मतदान गरे तर जिते पछि शहर केन्द्रित भएर आफ्नो व्यक्तिगत बिकासमा केन्द्रित हुने परिपाटी ले गर्दा तपाईंको क्षेत्रमा एउटा सुबिधा सम्पन्न सामुदायिक अस्पताल छैन !गरिबीको लागी प्राबिधिक क्लेज छैन!शुद्ध खाने पानी छैन!बिहान बेलुका शान्त वातावरण को कुनै खेल मैदान छैन? अनि फेरि तपाई नै उम्मेदवार हुनु भए छ ? तपाईं लाई मतदान किन ? नेता ज्यु! तपाईं बिरामी हुदा बिदेशमा उपचार गराउनु हुन्छ तर तपाइकै क्षेत्रका जनता सहि उपचार नपाएर अकालमै मृत्यु को बाटो रोजि रहेका छन ! आखिर यो कहिले सम्म? बाजे ले पत्याए,बुवाले पत्याए र अब मेरो पालो छ नेता ज्यु? तर म त्यो जबानाको युवा होइन अहिले को युवा हु र मेरो मत एउटा बिकास प्रेमी ,इमनदार, नेतृत्व लाई नै हुने छ ! आउनुस तपाईं हामी सबै मिलेर एउटा असल नेतृत्व छानौ ताकी हाम्रो पुस्ता झै बिकास र निकासमा सकारात्मक परिवर्तन होस र स्वदेशमै निशुल्क दक्ष जनशक्ति बाट उपचार पाउने वातावरण बनोस!तपाइँ कै छोराछोरी सङै हाम्रो जनताको छोराछोरी पनि संगै पढ्न अवसर पाओस ! यो सब सम्भव छ हाम्रै पालामा ! आउनुस हातेमालो गरेर तीन पुस्ते नेतालाइ परिवर्तन गरौं र बिकासलाइ अगाडि बढाऔं !

content ad p2

सम्बन्धित खबर

पर्साको ग्रामीण भेग बाट गाजा र चरस ब्रमद ।

Aadarsh Daily

प्रधानमन्त्रीमा १७ पटकसम्म हार, पहिलो प्रयासमै राष्ट्रपत

Aadarsh Daily

सीमा बजारमा भारु भयो कमजोर : १५७ रुपैयाँमा किनबेच

Aadarsh Daily