Aadarsh-Daily

राजकुमार गुप्ताले झाखरामा गराए तिन सय नेता कार्यकर्ता लाई पार्टी प्रवेश

ad-4p

वीरगन्ज । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचन नजिकिदै जादा पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले प्रति जनलहर बढ्दै गएको छ ।

content ad p2

पर्सा क्षेत्र नं ३ मा एमालेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।

content left

चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम कै बीच बुधबार पोखरिया नगरपालिकाको वडा नम्बर २ झाखारामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र लोसपा पार्टीका नेता सहित करिब तीन सय जना एमालेमा प्रवेश गरेका छन् ।

पोखरिया नगरपालिकाको वडा नं २ आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं ३ ९ख० प्रदेश कमिटीका उपाध्यक्ष रामप्रसाद यादव नेपाली कांग्रेस कै प्रभावशाली नेता शिव बचन प्रसाद यादव र लोसपाका नेता शिव पूजन साह गोढ सहित ३०० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ एमालेका केन्द्रिय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका गुप्ताले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार गुप्ताले एमाले प्रतिको आकर्षण र जनलहर बढदै गएको बताए । जनताको सुख र ढुखमा साथ दिने र देश रक्षा एमाले नै गर्दै आएको र आगमी दिनमा पनि गर्ने भएकोले सुर्य छापमा आफ्नो मतदान गरी एमालेलाई विजय गराउन आग्रह गरे ।

पोखरिया नगरपालिकाको नगर कमिटी अध्यक्ष विधाचल ठाकुरको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्य ९क० का मंजूर अंसारी , पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम, जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अयोध्या पटेल , नेता विकास पाण्डेय , राजेश रौनियार , धीरज चौरसिया , कृष्णा कुशवाहा , धामु शर्मा , सुनिल कुशवाहा , सन्तोष गिरी , लक्ष्मी कुशवाहा , लगायतको पनि सहभागीता रहेको थियो।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily