Aadarsh-Daily

१४९ वटा जात र २२ सय थरलाई मधेशीको रुपमा परिभाषित गर्न मधेशी आयोगको सिफारिस

ad-4p

वीरगञ्ज, ३ कार्तिक । मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ ।

content ad p2
content left

आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरुलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरु गरेको एक विज्ञाप्ति मार्फत आयोगले जानकारी गराएको छ ।

जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आयोगले सिफारिस गरेको छ । आयोगले सप्तरी जिल्लाको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन, नेपाल–भारत सिमामा देखा परेको विभिन्न आर्थिक तथा सामाजिक समस्याहरुकों यथाशिघ्र निवारण, मिथिला पेंटिंगको अन्तराष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न लगायत विभिन्न महत्वपूर्ण विषयहरुमा सिफारिस गरेको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा आएको उजुरी उपर आयोगले तुरन्त प्रकृति हेरेर समाधान गर्न तापÞर्m लागेको र कतिपय उजुरीको अनुगमनमा आफै पुगेर स्थानीय प्रहरी–प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily