Aadarsh-Daily

वीरगञ्जको पानी टंकीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

ad-4p

वीरगञ्ज, ८ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी टंकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

content ad p2
content left

ना ४६ प ३२९७ नं. को पल्सर मोटरसाइकल सोमबार मध्यराती सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक अनुप राईको मृत्यु भएको हो ।

सोलुखुम्बुको सल्यान गापाउँपालिका वडा नम्बर २ स्थायी घर भई वीरगञ्जमा बस्दै आएका १९ वर्षीय राई दुर्घटनामा घाइते भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज (एनएमसी) अस्पतालमा लगिएको थियो । उपचारको क्रममा मंगलबार बिहान ४ बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily