Aadarsh-Daily

पर्सागढी नगरपालिका वडा न ४ का मतदाताहरू संग मत मागदै कुर्मी र यादव

ad-4p

कार्तिक-९ वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धन पर्साले क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आज पर्सागढी न.पा. वडा- ४ बर्वाटाडीमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

content ad p2
content left

आज विहान देखि वडा न ४ का भित्री टोलहरू भेडाहा, सबैया, टाडी, प्रशुरामपुर, सानो प्रशुरामपुर, बकनेरवा, बर्वाटाडी, छ्टैली हरदासपुर र धनुका हरदासपुर लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सुरु भएको हो । जसपाका नेता कार्याकर्ता तथा प्रतिनिधिसभाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र पर्सा निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेश सभाका उम्मेदवार रामनरेश यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।

जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभा का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा एमाले नेता शिव पटेल, जिल्ला सचीव तबरेज अहमद नगर सदस्य, हरि घिमिरे, प्रेम पहाडी र जसपा क्षेत्रीय उपाध्यक्ष मुमताज आलम लगायतको उपस्थिति रहेको थियो!

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily