Aadarsh-Daily

समानुपातिक तर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्पा तेस्रो

 

ad-4p

वीरगञ्ज, ८ मंसिर । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

content ad p2

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ४ लाख ८७ हजार ९८८ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

content left

त्यस्तै नेपाली कांग्रेसले ४ लाख ५३ हजार ४५९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म २ लाख ५३ हजार ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले २ लाख १७ हजार ७९१ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म एक लाख ३३ हजार ९४८ मत प्राप्त गरेको छ भने जसपाले ५६ हजार ४०३ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४६ हजार ९९६, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार ५४१ मत, जनमत पार्टीले ३१ हजार ९०६, एकीकृत समाजवादी पार्टीले ३१ हजार ४६ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

सम्बन्धित खबर

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily