Aadarsh-Daily

ओरिया नदीको अवैध दोहन, सरोकारवाला पक्ष मूकदर्शक

ad-4p

वीरगञ्ज १९ मंसिर ।  पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने ओर।ीया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न स्थानीयले माग गरेका छन् ।

content ad p2
content left

वडा नम्बर १ बलुवाका स्थानीयले आइतबार गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउदै ओरिया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न माग गरेका हुन् ।बलुवा गाँउका नेसार समानीको नेतृत्वमा आइतबार गाँउपालिका कार्यालयमा पुगेका स्थानीयवासीले गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

ओरिया खोलामा तस्करहरुले बालुवाको अवैध उत्खनन् गरि तस्करी गर्दै आइरहेका कारण यसले खोला छेउको खेति योग्य जग्गा मासिनुका साथै बर्षामा बाढिले मानववस्ती नै कटानमा पर्ने भएकाले अवैध उत्खनन् तत्काल रोक्नु पर्ने उनिहरुको माग छ ।

ज्ञापनपत्र बुझदै गाँउपालिकाका कर्मचारीले यस बारेमा गाँउपालिकाले तत्कालै खोलाको स्थलगत अनुमगन गर्ने र उत्खनन् नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएको हाम्रा सहकर्मी प्रमोद यादवले जानकारी दिए ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा बलुवा गाँउका रामलखन प्रसाद , नेयाज मियाँ तेली , शेख नेसार , अमरेश ठाकुर ,रजि अहमद , इजहार मियाँ तेली,शेर महम्मद , सुवास बिन लगायतको पनि सहभागीता थियो ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily