Aadarsh-Daily

२५ हजार तलबको काम लगाउने बहानामा बेचिन लागेका २ नेपाली युवतीको उद्धार

ad-4p

वीरगञ्ज, २३ मंसिर । मानव बेचबिखन नियन्त्रण इकाइ सेक्टर हेडक्वाटर रक्सौल र ४७ औं एसएसबी रक्सौल टोलीका महिला हवल्दार मिकी कुमारी र अमृता कुमारीले रक्सौलस्थित भन्सार चोक नजिकै दुई नेपाली युवतीलाई देखेपछि शंका लागेर रोके ।

content ad p2

युवतीहरुले आफू पञ्जाबको लुधियानाको एउटा कपडा कारखानामा २५ हजार तलब पाउने काम गर्न जान लागको प्रतिक्रिया दिइन् । त्यहाँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्मालाई युवतीको जवाफमा शंका लाग्यो । त्यसपछि उनले नेपालको आफन्त नेपाल वीरगञ्जलाई जानकारी गराए ।

content left

आफन्त नेपाल पुगिसकेपछि भारतीय एसएसबीको सहयोगमा ति युवतीहरुलाई पञ्जाबमा बोलाउने मानिसहरूलाई बोलाइयो । पञ्जाबको लुधियानामा कपडाको कारखाना भएको र उनीहरुलाई त्यहीँ काम दिने उनीहरुको स्पष्टोक्तिमाथि अँझै विश्वास गर्ने आधार नभेटेपछि अँझै सोधपुछ र अनुसन्धान अघि बढाइयो ।
इन्स्पेक्टर शर्माले पञ्जाबबाट फोन गर्नेको मोबाइल लोकेशन र छपराविहारको लोकेशन पत्ता लगाएपछि झनै शंका उत्पन्न भयो । अनुसन्धान गर्दै जाँदा लुधियानाको कपडा कारखानामा काम लगाउने बहानामा बिहारको छपरास्थित आर्केस्ट्रामा लिने गरेको खुलासा भयो ।

त्यसपछि बालिकाका परिवारसँग सम्पर्क गर्दा उनीहरु समेत यस विषयमा अनभिज्ञ भएको पाएपछि मानव तस्कर हुन लागेको खुलेको इन्सपेक्टर शर्माले बताए ।
आफ्ना छोरी भारतमा काम गर्न गएको थाहा नभएको हुँदा उनीहरुलाई जान नदिन पनि परिवारले आग्रह गरे । त्यसपछि युवतीहरुलाई वीरगञ्जस्थित नेपाल प्रहरीलाई जिम्मा लगाइयो ।

मानव बेचबिखन विरोधी इकाई सेक्टर हेडक्वार्टर रक्सौलले २ युवतीको सफल उद्धार गरेको छ भने नेपाली युवतीलाई बोलाउने व्यक्तिमाथि अनुसन्धान थालिएको छ ।
उद्धार कार्यमा प्रहरी निरीक्षक मनोजकुमार शर्मा, हवलदार रामकुमार, महिला हवल्दार मिकी कुमारी र अमृता कुमारी, आफन्त नेपाल वीरगञ्जकी सुनिता सापकोटा, समाजसेवी रञ्जित सिंहलगायतको सहभागिता थियो ।

 

 

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily