Aadarsh-Daily

मस्कोको सपिङ मलमा भीषण आगलागी, एक जनाको मृत्यु

ad-4p

रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

content ad p2
content left

मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिएको छ।

रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर ९चार माइल० टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ।घटनास्थलमा ७० भन्दा बढी अग्गीनियन्त्रक र २० वटा दमकलले काम गरिरहेको आकस्मिक सेवाले जनाएको छ।  भवनको डिजाइनका कारण काममा बाधा पुगेको बताइएको छ।

छत भत्किँदा आगो तुरुन्तै ठूलो क्षेत्रमा फैलिएको मस्को क्षेत्रका आपतकालीन सेवाहरूले टेलिग्राममा जनाएको छ। मानिसहरू जलिरहेको भवनबाट भागेर पार्किङ स्थलमा पुगेका सामाजिक सञ्जालमा भएका भिडियोहरूले देखाएको छ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily