Aadarsh-Daily

वीरगञ्जकी विना जयसवाल बनिन राप्रपाबाट समानुपातिक सांसद्

ad-4p

वीरगञ्ज, २५ मंसिर । गत स्थानीय तहको निर्वाचनमा वीरगञ्जको उपमेयमा पराजित विना जयसवाल प्रतिनिधीसभा सदस्य सांसद् बन्न सफल भएकी छन् ।

content ad p2
content left

राप्रपाले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका ७ जना सांसदको नाममा जयसवाल पनि परेकी हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी जयसवाल गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाकै तर्फबाट वीरगञ्ज महानगरको उपमेयरकी उम्मेदवार बनेकी थिइन् । उक्त चुनावमा जयसवालले ५ हजार ९८८ मतका साथ तेश्रो स्थानमा सिमित भएकी थिइन् ।राप्रपाले प्रतिनिधिसभातर्फ जयुवालसँगै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा र अनिषा नेपालीको नाम आयोगमा पठाएको छ ।

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिइएको थियो ।राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश नम्बर १ मा ४, मधेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद् छानेको छ ।

 

 

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

गृहभूमिमै सांसद कानुको सम्मान, सेवामा सधैं तत्पर रहने प्रतिबद्धता

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily