Aadarsh-Daily

धरानका मेयरको अभिव्यक्तिप्रति दलित अयोगको आपत्ती, आत्मालोचना गर्न अनुरोध

ad-4p

वीरगञ्ज, २८ मंसिर ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राईको अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले आपत्ती जनाएको छ ।

content ad p2
content left

मेयर राईले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेखेको “बल होइन बुद्धि लगा चमारे बुद्धि” भन्ने अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा बुधवार जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तीअनुसार उक्त अभिव्यक्ति संविधान, प्रचलित मूल्य मान्यतासँगै अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्म विपरित भएको ठहर गरिएको छ ! जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले साम्प्रदायिक र समुदाय (चमार) प्रति अपमान हुने अभिव्यक्ति दिनुले समाजमा नकारात्मक असर पर्ने अध्यक्ष विश्वकर्माको भनाई छ ।

उक्त अभिव्यक्तिलाई सच्याई दलित समुदायप्रति पर्न गएको चोटको आत्मालोचना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

 

सम्बन्धित खबर

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily