
वीरगञ्ज, ३ पुष । नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनाव गर्नका लागि समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सह-महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । कार्यसम्पादन समितिकाे बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरूकाे उपस्थिती रहेको थियो ।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अग्रसरता देखाएका छन् ।
समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ ।

