Aadarsh-Daily

तेश्राे पटक प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

ad-4p

काठमाडौं ,१० पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको  जानकारी दिए।

content ad p2
content left

विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए। प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको स्रोतले बताएको छ।

हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समयसीमाभित्रै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ।’ साभार:अन्नपूर्ण पाेष्ट

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily