Aadarsh-Daily

 मधेस प्रदेश सांसदको शपथ पुस १५ गते

ad-4p

वीरगन्ज ,११पुस: मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ ।

content ad p2

सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

content left

पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।

सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् ।

मधेस प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरि कुल १०७ प्रदेश सांसद छन्।

 

 

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily